काठमाडौं । अमेरिकाको युनाइटेड एयरलाइन्सको हवाई उडान सेवा व्यापक रूपमा प्रभावित भएको छ। ठूलो प्राविधिक गडबडीका कारण बुधबार रातिसम्म ८०० भन्दा बढी उडान रद्द हुन पुगेका छन् भने सयौं उडानमा ढिलाइ भएको छ।
उक्त गडबडीले अमेरिका भरिका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरूमा ठूलो अवरोध सिर्जना गरेको छ। यात्रुहरू विभिन्न विमानस्थलहरूमा अलपत्र परेका छन्।
विशेष गरी ह्युस्टनको जर्ज बुश इन्टरकन्टिनेन्टल विमानस्थल मा यात्रुहरूले अत्यधिक कठिनाइ झेलेको जनाइएको छ। इन्धन भर्ने प्रणाली र प्रेषण प्रणालीमा आएको गडबडीका कारण उडान सेवा अस्थायी रूपमा अवरुद्ध भएको युनाइटेड एयरलाइन्सले जनाएको छ।
एयरलाइन्सले सार्वजनिक गरेको विज्ञप्तिमा समस्या समाधान प्रक्रिया जारी रहेकाले थप केही उडानहरूमा ढिलाइ हुन सक्ने चेतावनी दिइएको छ। यात्रुहरूलाई नियमित जानकारी दिइने समेत एयरलाइन्सले उल्लेख गरेको छ।
प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया