काठमाडौं । गृहमन्त्री रमेश लेखकले आगामी पाँच वर्षभित्र देशका हरेक नागरिकले प्राकृतिक तथा जलवायुजन्य जोखिमको पूर्वसूचना प्राप्त गर्नसक्ने प्रणाली तयार गरिने घोषणा गरेका छन्।

बिहीबार राजधानीमा आयोजित “सबैका लागि पूर्वसूचना” राष्ट्रिय कार्यशालामा बोल्दै मन्त्री लेखकले हालसम्म नेपालको करिब एक तिहाइ जनसंख्या मात्रै यस्ता सूचनाको पहुँचमा रहेको जानकारी गराए। उनले भने, “२०३० सम्म प्रत्येक नेपाली नागरिकलाई जोखिमको पूर्वसूचना प्राप्त हुने सुनिश्चितता गरिनेछ।”

advertisement

गृहमन्त्री लेखका अनुसार, विश्वका मनसुन प्रभावित क्षेत्रका करिब एक तिहाइ जनसंख्या अझै पनि पूर्वसूचनाको पहुँचबाट टाढा छन्, र नेपाल पनि त्यही अवस्थामा परेको छ।

उनले थपे, “संयुक्त राष्ट्रसंघले २०२२ मा घोषणा गर्दै २०२७ भित्र विश्वका कम्तीमा एक तिहाइ मानिसले जोखिमको पूर्वसूचना पाउनुपर्ने लक्ष्य तय गरेको छ। नेपाल त्यस दिशातर्फ अगाडि बढिरहेको छ, यद्यपि केही पछि परेको स्वीकार छ। तर अबको पाँच वर्षभित्र हामी सबै नेपालीलाई पूर्वसूचना उपलब्ध गराउने सुनिश्चितता गर्छौं।”

कार्यशालामा उनले पूर्वसूचनालाई जीवनरक्षक प्रणालीको रूपमा विकास गर्नुपर्ने र त्यसमा सबै तहको सरकार र सरोकारवालाको सहकार्य अत्यावश्यक रहेको पनि बताए।

प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com