काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र एसियन पूर्वाधार लगानी बैंकका अध्यक्ष जिन लिम्बुनबीच बिहीबार शिष्टाचार भेटवार्ता भएको छ।
तुर्कमेनिस्तानको राजधानी अश्गाबातमा भइरहेको भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनको अवसरमा दुई नेताबीच साइडलाइन भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यसअघि प्रधानमन्त्री ओलीले सम्मेलनको एक सत्रमा जलवायु परिवर्तनका कारण हुने प्रकोपहरूमा भूपरिवेष्ठित विकासशील राष्ट्रहरूले अवलम्बन गर्नुपर्ने अनुकूलन क्षमता र लचिलोपन विषयमा मन्तव्य राखेका थिए।
भेटवार्तामा आपसी सहकार्य, लगानी सम्भावना र पूर्वाधार विकाससँग सम्बन्धित विषयमा पनि छलफल भएको अनुमान गरिएको छ।
प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया