काठमाडौं । केटा साथीको घर गएकी एक किशोरीको रहस्यमय मृत्यु भएको छ। ललितपुरको महालक्ष्मी नगरपालिका–३, बोझेपोखरीमा बसोबास गर्ने १८ वर्षीय युवकको घरमा बुधवार दिउँसो गएकी ती किशोरीको केही समयपछि बेहोस अवस्थामा फेला परेकी थिइन्।

उनी बेहोस भएपछि तत्कालै उपचारका लागि ग्वार्कोस्थित किष्ट अस्पताल पुर्‍याइएको थियो। तर, अस्पताल पुग्नासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेकाे  जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी चक्रराज जोशीले जानकारी दिए।

advertisement

मृतक किशोरी पनि १८ वर्षकै रहेको प्रहरीले जनाएको छ। घटनाको यथार्थ पत्ता लगाउन मृतकका प्रेमी भनिएका युवकलाई प्रहरीले नियन्त्रणमा लिई सातदोबाटो प्रहरी वृत्तमा राखेर अनुसन्धान अगाडि बढाएको छ।

प्रहरीका अनुसार उनीहरूबीच प्रेम सम्बन्ध रहेको आशंका गरिएको छ। हाल किशोरीको शव पोस्टमार्टमका लागि पठाइएको छ र मृत्युको कारणबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com