काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री आगामी भदौ १ गते नेपाल भ्रमणमा आउने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणलाई दृष्टिगत गर्दै मिश्री नेपाल आउन लागेका हुन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणालाई औपचारिक बनाउन र भ्रमणको तयारी मिलाउन मिश्रीको यो यात्रा महत्वपूर्ण मानिएको छ।

advertisement

एक वर्षको अन्तरालमा यो उनको दोस्रो नेपाल भ्रमण हो। अघिल्लो पटक उनी ओली पुनः प्रधानमन्त्री बनेको एक महिना नबित्दै, साउनको तेस्रो साता नेपाल आएका थिए।

प्रधानमन्त्री ओलीले चौथो कार्यकालको एक वर्ष पूरा गरेपछि भदौको अन्तिम साता भारतको औपचारिक भ्रमण गर्ने तयारी गरेका छन्। यसअघि दुई देशबीच सचिवस्तरीय संयन्त्रको बैठकसमेत सम्पन्न भइसकेको छ।

प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com