तस्बिर : एन्फा

काठमाडौं ।  नेपाली महिला राष्ट्रिय फुटबल टोलीले फिफा वरियतामा हालसम्मकै उत्कृष्ट स्थानमा उक्लिएको छ। फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १३ स्थान उक्लिँदै ८७औं स्थानमा पुगेको हो।

advertisement

यसअघि १००औं स्थानमा रहेको नेपालले अब १२४८.८९ अंकसहित ८७औं स्थानमा इतिहास रच्न सफल भएको हो। यो नेपाली महिला फुटबलको फिफा वरियतामा हालसम्मकै उच्च स्थान हो।

नेपालले पछिल्लो समय एएफसी महिला ओलम्पिक छनोट प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेको थियो। प्रतियोगिताको समूह चरणमा नेपालले लाओसलाई ९–० र श्रीलंकालाई ८–० को फराकिलो अन्तरले पराजित गरेको थियो। उज्वेकिस्तानसँगको तेस्रो खेलमा निर्धारित समयसम्म ३–३ को बराबरी खेलेको नेपाल टाइब्रेकरमा ४–२ ले पराजित भएको थियो।

पछिल्ला सकारात्मक नतिजाले नेपाललाई अन्तर्राष्ट्रिय अंकमा ठुलो फड्को मार्न मद्दत पुगेको हो।

 

प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com