काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’सम्बन्धी त्रुटिपछि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले पदमा बस्ने नैतिक आधार गुमाइसकेको टिप्पणी गरेका छन्।
बिहीबार अखिल क्रान्तिकारीले काठमाडौँमा आयोजना गरेको शैक्षिक संवाद कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री तथा सो समितिका सदस्य समेत रहेका प्रचण्डले खतिवडालाई राजीनामा दिन सुझाव दिएका हुन्।
“नैतिक रूपमा रामहरि खतिवडाले अब राज्य व्यवस्था समितिको सभापति पदमा बस्ने अधिकार छैन,” प्रचण्डले भने, “राजीनामा दिएर आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्न सक्नुहुन्छ। नगरे गल्ती हुनेछ।”
उनको भनाइमा समितिको जिम्मेवारीमा गम्भीर त्रुटि भएपछि सभापतिले जिम्मेवारी लिनु स्वाभाविक हुने स्पष्ट संकेत गरिएको छ।
प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया