काठमाडौं । भारतको नोयडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) को उपाधि जितेका एमएमए खेलाडी रवीन्द्र ढाँटलाई राष्ट्रपति कार्यालयमा प्रदान गरिएको सम्मान कार्यक्रमप्रति भ्लगर तथा ढाँटका साथीसहितको टोलीका सदस्य सिसन बानियाँले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।

बुधवार राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित एक औपचारिक कार्यक्रममा ढाँटलाई सम्मान गरेका थिए। तर उक्त कार्यक्रमको प्रस्तुति र व्यवस्थापनप्रति बानियाँले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन्।

advertisement

बानियाँले लेखेका छन्, “इमानदारीपूर्वक भन्ने हो भने, त्यो सम्मानले च्याम्पियनलाई कुनै विशेष महसुस गराउन सकेन। पाँच मिनेटको औपचारिक भाषण, केही फोटो, अनि हामीलाई चिया–बिस्कुट खान भनेर छोडियो। त्यति मात्र !”

उनले कार्यक्रममा भएको व्यवस्थापनप्रति चित्त नबुझेको जनाउँदै थपे, “त्यो कुरूप हलमा रवीन्द्रले एक कप चिया पिएको दृश्य हेर्न दुःख लाग्यो। उनले सबैसँग २० मिनेटजति फोटो खिचे। के यसरी देशको नाम उच्च राख्ने खेलाडीलाई सम्मान गर्ने हो ?”

बानियाँले रवीन्द्र ढाँटको कठिन परिश्रम र देशको लागि गरेको योगदानको उचित मूल्यांकन हुनुपर्नेमा जोड दिँदै भने, “मेरो केटाले धेरै मेहनत गरेको छ। यदि च्याम्पियनबाट प्रचार गर्न चाहिन्छ भने कम्तिमा आर्थिक सम्मान पनि देऊ। तामझाम होइन, वास्तविक कदर गर।”

उनको भनाइले राज्यको तर्फबाट हुने खेलाडी सम्मानको तरिका र प्रभावकारिता बारे सार्वजनिक छलफलसमेत पुनः सुरु गराएको छ।

प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com