काठमाडौं । नेपाल शिक्षक महासङ्घले भदौ दोस्रो साताबाट चरणबद्ध आन्दोलन सुरू गर्ने निर्णय गरेको छ। बिहीबार राजधानीमा बसेको महासङ्घको बैठकले सरकारले पूर्वसहमति अनुसार विद्यालय शिक्षा विधेयक नथपेको भन्दै आन्दोलनको तयारी थाल्ने निर्णय गरेको हो।

महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार आन्दोलनको कार्यक्रम निर्माणको जिम्मा आन्दोलन परिचालन समितिलाई दिइएको छ भने राष्ट्रिय समिति बैठकबाट त्यसलाई अन्तिम स्वीकृति दिइनेछ। आगामी भदौ ३ र ४ गते राष्ट्रिय समितिको पूर्ण बैठक बस्ने कार्यक्रम रहेको उनले जानकारी दिए।

advertisement

अध्यक्ष सुवेदीले शिक्षा समितिमा विधेयकमाथि के भइरहेको छ भन्ने विषयमा स्पष्ट जानकारी नआएको बताउँदै प्रतिनिधि सभामा विधेयक दर्ता भएपछि मात्र त्यसले उठाएका विषयको मूल्याङ्कन गर्न सकिने बताए।

बैठकमा सरकारले विगतमा गरेको सहमतिका सन्दर्भमा हालसम्मको प्रगतिमाथि समीक्षा गरिएको थियो। महासङ्घको धारणा छ— सरकारले शिक्षक कर्मचारीका अपेक्षाअनुसार विधेयक ल्याउने सम्भावना न्यून देखिएको छ। प्रस्तावित विधेयकले विद्यालय शिक्षाका जटिल समस्या समाधान गर्ने संकेत पनि नदेखिएको महासङ्घको ठहर छ।

सरकारले असार १५ भित्रै विधेयकको टुंगो लगाउने वाचा गरेको थियो, तर अझैसम्म विधेयक शिक्षा समितिमै अल्झिएको छ। यसै कारण शिक्षक महासङ्घमा चिढिएको देखिएको छ।

प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com