काठमाडौं ।  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफू पद, प्रतिष्ठा वा प्रचारका लागि मुख्यमन्त्री नभएको स्पष्ट पारेका छन्। उनले मुख्यमन्त्रीको हैसियतमा प्राप्त सबै सुविधा नलिने घोषणा समेत गरेका छन्।

नेपाल किसान महासंघ बागमती प्रदेशको पहिलो अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले भने, “पारदर्शी, उत्तरदायी र जनताप्रति प्रतिबद्ध भएर काम गर्ने लक्ष्यसहित म मुख्यमन्त्री बनेको हुँ। फोटो टाँस्नका लागि होइन।”

advertisement

मुख्यमन्त्री बानियाँले अन्य नेताले के गरे भन्ने भन्दा पनि आफूले काम गरेर देखाउने बताए। उनले मुख्यमन्त्री पदमा बसेपछि पहिलो निर्णय नै प्रदेशभित्रका गरिब, विपन्न, सिमान्तकृत तथा दलित समुदायको पक्षमा गरिएको दाबी गरे।

उनका अनुसार प्रदेश सरकारले चेपाङ, जिरेल, भोटे, बनकरिया लगायत समुदायका छोराछोरीहरूलाई लक्षित गरी ६ जनालाई छात्रवृत्तिमा डाक्टर पढाउने निर्णय गरेको छ। यसमा २ मेडिकल डाक्टर, २ आयुर्वेद डाक्टर र २ पशु चिकित्सक डाक्टरको अध्ययन समावेश छ।

त्यस्तै गरी प्रदेशका १० जना गरिब परिवारका छोरीहरूलाई नर्सिङ अध्ययनका लागि छात्रवृत्ति दिने निर्णय गरिएको समेत बानियाँले जानकारी दिए।

 

प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com