हुम्ला ।  जनै पूर्णिमा (साउने पूर्णिमा) अवसरमा हुम्लामा राति ११ बजेपछि देउडा गीत गाउन नपाइने निर्णय भएको छ। जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको सर्वपक्षीय बैठकले शान्ति–सुरक्षालाई ध्यानमा राख्दै उक्त निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेका अनुसार रातभर देउडा गाउँदा होहल्ला हुने, झैझगडा हुने सम्भावनाले शान्ति सुरक्षामा असर पुग्ने भन्दै राति ११ बजेपछि देउडा गाउन रोक लगाइएको हो।

advertisement

यो निर्णय साउने पूर्णिमाको सात दिनसम्म लागू हुनेछ। चतुर्दशी र पूर्णिमाका दिन दिउँसो धामी नाच्ने, पूजापाठ गर्ने र राति देउडा गाउने परम्परा छ। विगतमा यी दिन रातभर देउडा गाइन्थ्यो तर हाल वर्षेनी दोहोरिने विवाद र अवाञ्छित गतिविधिका कारण यो निर्णय गरिएको हो।

पूर्णिमाको भोलिपल्टदेखि पञ्चमीसम्मको पाँच दिनसम्म पनि देउडा गाइन्छ। यी दिनहरूमा पनि राति ११ बजेपछि देउडा गाउन नपाइने प्रशासनले स्पष्ट पारेको छ।

बैठकमा जिल्ला समन्वय समितिका उपप्रमुख दल फडेरा, सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, स्थानीय राजनीतिक दलहरू, वडाध्यक्षलगायत सरोकारवालाको उपस्थिति थियो।

प्रशासनले सांस्कृतिक परम्पराको संरक्षणसँगै शान्ति सुरक्षा कायम गर्न यो कदम चालिएको जनाएको छ।

प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com