काठमाडौं । क्यानडा जान लागेका चर्चित संगीतकार खेम सेन्चुरीको स्वास्थ्यमा अचानक समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोर्डिङ पास लिएर जहाज कुर्दै गरेका बेला उनको स्वास्थ्य एक्कासि बिग्रिएको थियो।
विमानस्थलमै प्रारम्भिक परीक्षणपछि चिकित्सकले तत्काल अस्पताल लैजान सिफारिस गरेका थिए। त्यसपछि उनलाई एम्बुलेन्समार्फत बिहीबार साँझ सिनामंगलस्थित केएमसी अस्पताल लगिएको हो। अस्पतालमा गरिएको परीक्षणमा मृगौलामा पत्थरी (स्टोन) देखिएको पुष्टि भएको छ। सेन्चुरीसँगै रहेका गीतकार नेत्र अर्यालले उक्त जानकारी दिएका हुन्।
हाल सेन्चुरी केएमसी अस्पतालमै भर्ना छन्। शुक्रबार बिहानसम्म थप परीक्षण रिपोर्ट आउने र त्यसपछि आवश्यक उपचार प्रक्रिया अघि बढाइने बताइएको छ। ‘भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौड्यालले पनि सेन्चुरीको स्वास्थ्यमा पत्थरीको समस्या देखिएको पुष्टि गरेका छन्।
प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया