काठमाडौ ।  नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले राजनीतिक संवादमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जोडा नेपालमा नभएको दाबी गरेका छन्।

शुक्रबार पार्टीले सार्वजनिक गरेको भिडियो अन्तर्वार्तामा सापकोटाले बुधबार कांग्रेस र एमाले बाहेकका दलहरूसँग दाहालले गरेको संवादले पनि यो पुष्टि भएको बताए। उनका अनुसार दाहालले निर्वाचन आयोगको दल मूल्याङ्कनदेखि तत्कालका राष्ट्रिय मुद्दासम्म सबै विषयमा दलहरूलाई समेटेर छलफल गरेका छन्।

advertisement

सापकोटाले माओवादी केन्द्रको आन्दोलन तत्कालीन कार्यनीतिक मुद्दामा मात्र सीमित नभई दीर्घकालीन रणनीतिसँग पनि जोडिने बताए। उनले सातै प्रदेशको सदनलाई प्रभावकारी बनाउन संघीय संसद्ले नेतृत्व गर्ने र समाजवादी क्रान्तिको आधार तयार पार्न सडक दबाबलाई अझ प्रभावकारी बनाउने धारणा राखे।

प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com