काठमाडौं । भारतले अमेरिकाबाट भित्र्याउने तयारी गरेको हतियार खरिद प्रक्रियामा तत्कालका लागि रोक लगाएको छ ।
अमेरिकाले आफ्नो देशबाट आयात गर्ने वस्तुमा २५ प्रतिशत कर वृद्धिको घोषणा गरेपछि भारतले त्यसको प्रतिक्रियामा हतियार खरिद प्रक्रिया रोकेको हो । हतियार खरिदको तीव्र्र तयारीमा रहेको भारतले आगामी हप्ता रक्षामन्त्री राजनाथ सिंहलाई अमेरिका पठाउने तयारी समेत रद्द गरेको भारतीय अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

भारतले रुसबाट तोल खरिद गरेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २ दिन अघि थप २५ प्रतिशत कर वृद्धि गरिएको घोषणा गर्नुभएको थियो । यो सँगै भारतबाट निर्यात हुने सामानमा ५० प्रतिशत कर लाग्ने भएको छ ।

advertisement

 

 

प्रकाशित मिति: २४ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com