काठमाडौं । तुर्कमेनिस्तानको भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । तुर्कमेनिस्तानको आवाजामा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ ओली नेतृत्वको टोली स्वदेश फर्केको हो ।
प्रधानमन्त्री ओलीलाई तुर्कमेनबासी अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ८ः ३० बजे तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्री ले बिदाइ गरेका थिए । प्रधानमन्त्री ओली दुबई हुँदै आज राति नेपाल आइपुगेका हुन् ।
प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलमा धर्मपत्नी श्रीमती राधिका शाक्य, मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, संघीय प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापा क्षेत्री तथा उच्च सरकारी अधिकारीहरू सहभागी थिए ।
प्रकाशित मिति: २४ श्रावण २०८२, शनिबार












प्रतिक्रिया