काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अगस्ट १५ मा भेटवार्ता हुने भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै बैठक अमेरिकाको अलास्कामा हुने जनाएका हुन् ।
ट्रम्पले भनेका छन्, “संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिको हैसियतमा मेरो र रुसी राष्ट्रपति पुटिनबीचको बहुप्रतिक्षित बैठक आगामी शुक्रबार, अगस्ट १५, २०२५ मा, अमेरिका कै महान राज्य अलास्कामा हुनेछ।”
बैठकमा छलफल हुने विषयमा स्पष्ट जानकारी नभएको बताइएको छ । यद्यपि रुस युक्रेन युद्ध रोक्ने प्रयास स्वरुप सो वर्ता हुने विश्लेषण गरिएको छ ।
प्रकाशित मिति: २४ श्रावण २०८२, शनिबार













प्रतिक्रिया