नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अध्यक्ष माधव नेपाललाई आफ्नो अनुहार ‘ऐनामा हेर्न’ सुझाव दिएका छन्।

अध्यक्ष नेपालले वरिष्ठ नेता खनाललाई ‘एमालेमै फर्केर ओलीको सेवा गरे हुन्छ’ भनेपछि खनालको यस्तो प्रतिक्रिया आएको हो।

advertisement

नेता खनालले जनताको बहुदलीय जनवाद ९जबज० मान्ने सबैभन्दा ठूलो शक्ति एमाले नै भएको र अध्यक्ष नेपालले पनि जबज छोड्न सकिँदैन भनेको सन्दर्भमा आफैं एमालेमा फर्किन उचित हुने सल्लाह पनि दिएका छन्। उनले एमालेबाट विद्रोह गरेको ४ वर्षसम्म पनि विद्रोह पुष्टि हुन नसकेको दोहोर्‍याए।

खनालले भने, ‘विद्रोह पुष्टि भएन भनेर मैले भन्दा नेकपा ९एमाले० मै गएर बस्नु भन्नुभन्दा मैले माधव कमरेडलाई बडा हार्दिक के सल्लाह दिन चाहन्छु भने हामीले विद्रोह गरेको चार वर्ष भइसक्यो। महाधिवेशन भएको १३ महिना भइसक्यो। यस्तो अवधिमा समेत न वैज्ञानिक समाजवादको कार्यक्रम प्रकाशित भएको छ, न विद्रोहको पुष्टि गर्ने कुरामा कुनै गहन ढंगले कदम चालिएको छ। बरु माधव कमरेडले पटक पटक भन्नुहुन्छ– बहुदलीय जनवाद छोड्न सकिँदैन। बहुदलीय जनवाद बिना त हामी अगाडि बढ्नै सक्दैनौँ। यो भनेको त सबभन्दा राम्रो लोकतन्त्र हो। त्यसकारण हामी एकदलीय जनवादतिर त जानै सक्दैनौँ भनेर भन्ने गर्नुभएको छ। अहिले बहुदलीय जनवादको मुख्य गढ भनेकै नेकपा एमाले नै हो नि। बहुदलीय जनवाद नै भन्नुहुन्छ भनेपनि यो त सानो बहुदलीय जनवाद हो। यो भन्दा यत्रो ठूलो हेडक्वाटरै जत्रो बहुदलीय जनवाद छ। अनि माधव कमरेड बरु आफैँ उतै गए राम्रो हुँदैन र ?’

अध्यक्ष नेपालले शुक्रबार आयोजित एक कार्यक्रममा सम्मानित नेता खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीको सेवा गरेर बस्न सल्लाह दिएका थिए। विद्रोह गरेर नयाँ पार्टी बनाइसकेपछि विद्रोहको औचित्य नरहने भन्न नमिल्ने उनको जिकिर छ।

 

प्रकाशित मिति: २४ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com