काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनैपूर्णिमा, रक्षाबन्धन र ऋषितर्पणी पर्वको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई शुभकामना व्यक्त गरेका छन्।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र आपसी सद्भावना कायम रहोस् भन्ने कामना गरेका हुन्।

advertisement

उनले शुभकामना सन्देशमा भनेका छन्, “हिन्दु धर्मावलम्बीहरूले मनाउने जनैपूर्णिमा, रक्षाबन्धन तथा ऋषितर्पणी पर्वले आपसी सम्बन्ध मजबुत पार्दै राष्ट्रिय एकता र सांस्कृतिक पहिचानलाई अझ सुदृढ बनाओस्।”

प्रकाशित मिति: २४ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com