काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) भित्र अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालबीच पछिल्लो समय तीव्र ‘वाकयुद्ध’ चलेको छ। एमालेबाट विभाजनको प्रसंगमा खनालले दिएको टिप्पणीपछि दुबै नेताले सार्वजनिक रूपमा एकअर्कामाथि धारिलो अभिव्यक्ति दिँदै आएका छन्।
शीर्ष नेताबीचको यस्तो आरोप–प्रत्यारोपले पार्टीभित्रै तरंग पैदा भएको छ। अन्य नेताहरूले मतभेद समाधान गर्ने प्रयास गरे पनि, स्रोतका अनुसार, सहमति जुट्ने वातावरण बनेको छैन।
यस्तै परिस्थितिमा पार्टीले उच्च तहका सम्पूर्ण बैठकहरू एकैपटक बोलाएको छ। उपाध्यक्ष तथा प्रवक्ता प्रकाश ज्वालाका अनुसार साउन २८ गते सचिवालय बैठक, भदौ ४ गते स्थायी कमिटी बैठक, ५ गते पोलिटब्युरो बैठक र भदौ ७–८ गते केन्द्रीय समिति बैठक आह्वान गरिएको छ।
ज्वालाले बैठकहरूमा अध्यक्षको राजनीतिक प्रतिवेदन, समसामयिक राष्ट्रिय परिस्थिति, पार्टी अधिवेशन, विविध अभियानहरूको समीक्षा तथा आगामी रणनीतिबारे विस्तृत छलफल हुने जानकारी दिए।
प्रकाशित मिति: २४ श्रावण २०८२, शनिबार












प्रतिक्रिया