काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग वरिष्ठ नेता वामदेव गौतमले भेटवार्ता गरेका छन्। खनालको डल्लुस्थित निवासमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको पार्टी सचिवालयले जनाएको छ। गौतम हालै नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्।
अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनालबीच जारी तिक्त विवादका बीच नेता गौतमको भेटलाई महत्वपूर्ण रुपमा हेरिएको छ। विवाद तीव्र बन्दै गएपछि नेकपा एकीकृत समाजवादीले स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिका बैठकहरू आह्वान गरेको छ।
माधव र झलनाथबीचको विवाद उत्कर्षमा पुग्दै, दुबै पक्षले पार्टी छाड्ने तयारी गरिरहेको संकेतसमेत दिएको स्रोतहरूले जनाएका छन्।
प्रकाशित मिति: २४ श्रावण २०८२, शनिबार













प्रतिक्रिया