जनकपुरधाम । लम्पीस्किन रोगको सङ्क्रमणबाट मधेस प्रदेशमा १,७०० पशुचौपायाको मृत्यु भएको छ। भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, मधेस प्रदेशका अनुसार अहिलेसम्म ५२,६८६ पशुमा रोगको सङ्क्रमण देखिएको छ।
मन्त्रालयका अनुसार संक्रमितमध्ये २३,७०९ पशु उपचारपछि निको भएका छन्। लम्पीस्किन लाग्दा पशुमा ज्वरो आउनु, शरीरमा घाउखटिरा देखिनु र घाँस–पानी खान नखोज्ने लक्षण देखिन्छ।
रोग नियन्त्रणका लागि प्रदेशभर खोप अभियान सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ। हालसम्म २,४५,००० पशुलाई खोप लगाइएको छ, जसमा २,३१,५१५ पशुमा विज्ञकेन्द्रमार्फत खोप लगाइएको हो। स्थानीय तहमार्फत धनुषामा ५६६, सर्लाहीमा १७५ र रौतहटमा ३,७०० पशुलाई खोप लगाइएको मन्त्रालयले जानकारी दिएको छ।
प्रकाशित मिति: २४ श्रावण २०८२, शनिबार













प्रतिक्रिया