काठमाडौं । कैलाली कारागारमा भएको झडपमा एक जनाको मृत्यु भएपछि गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरूलाई छलफलका लागि बोलाएका छन्।
शनिबार गृहमन्त्री लेखकले कारागार सुरक्षा र व्यवस्थापनबारे व्यापक छलफल गर्न सुरक्षा प्रमुखहरूलाई आह्वान गरेका हुन्।
शुक्रबार राति कैलाली धनगढी–४ स्थित कारागारमा उत्पन्न झडपमा भरत चौधरीको निधन भएको थियो भने झण्डै ४७ जना घाइते भएका छन्। घाइतेहरूको उपचार अहिले पनि भइरहेको छ।
कारागारमा अहिले कैदीहरू नै नियन्त्रणमा रहेका र सुरक्षा व्यवस्थामा गम्भीर कमजोरी आएको बताइएको छ।
यस घटनाका विषयमा गृहमन्त्री लेखकले सुरक्षा निकायसँग आवश्यक छलफल गरी आगामी कदम चाल्ने तयारीमा रहेको उनको कार्यालयले जनाएको छ।
प्रकाशित मिति: २४ श्रावण २०८२, शनिबार












प्रतिक्रिया