काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षा बन्धनको अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीबाट राखी बाँधेर शुभकामना आदानप्रदान गरेका छन्।
शनिबार बिहान आयोजित कार्यक्रममा सेवा केन्द्रका दिदीबहिनीहरूले प्रधानमन्त्री ओलीको हातमा राखी बाँधेर दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गरेका थिए।
उक्त क्षणको तस्वीर र जानकारी प्रधानमन्त्री ओलीले आफ्नो फेसबुकमार्फत सार्वजनिक गर्दै लेखेका छन्, “आज रक्षा बन्धनको दिन बिहानै ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी बाँधियो। दिदीबहिनीहरूलाई धन्यवाद।”
रक्षा बन्धनको दिनमा दाजुभाइ र दिदीबहिनीबीच आपसी माया, विश्वास र सुरक्षाको भावनालाई प्रतीकात्मक रूपमा व्यक्त गर्न राखी बाँध्ने प्रचलन रहिआएको छ।

प्रकाशित मिति: २४ श्रावण २०८२, शनिबार












प्रतिक्रिया