काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालबीच देखिएको विवादलाई ‘बेमौसमी बाजा’ सरह निरर्थक भएको टिप्पणी गरेका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै प्रतिनिधिसभा सदस्यसमेत रहेका भण्डारीले दुई नेताबीचको वाकयुद्ध राष्ट्र र जनताको हितसँग कुनै सम्बन्ध नभएको स्पष्ट पारे।
उनका अनुसार, कठिन समयको नेतृत्व गर्दै प्रधानमन्त्री भइसकेका र यथास्थितिबाट देशका समस्या समाधान नहुने ठहर गर्दै नयाँ दल गठन गरिसकेका नेताले यस्ता शैलीका विवाद सिर्जना गर्नु शोभनीय होइन।
भण्डारीले राजनीतिक व्यक्तित्वबीचको यस्तो दोहोरीले जनतामा नकारात्मक सन्देश मात्रै पुग्ने चेतावनी पनि दिएका छन्।

प्रकाशित मिति: २४ श्रावण २०८२, शनिबार












प्रतिक्रिया