काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा हालसम्म विभिन्न फ्रेन्चाइजहरूले निम्न खेलाडीहरूलाई अनुबन्ध गरेका छन्।
विराटनगर किङ्सले सूर्य तामाङलाई १० लाख रुपैयाँमा र साहिल पटेललाई ५ लाखमा किनेको छ। जनकपुर बोल्ट्सले सचिन भट्टलाई २ लाखमा अनुबन्ध गरेको छ।
चितवन राइनोजले युवा ब्याटर देव खनाल र अर्जुन साउदलाई समानरूपमा १५ लाख रुपैयाँमा खरिद गरेको छ। काठमाण्डौं गोर्खाजले उत्तम थापा मगरलाई ३ लाखमा किनेको छ भने पोखरा एभेन्जर्सले अभिषेक तिवारीलाई २ लाखमा अनुबन्ध गरेको छ।
लुम्बिनी लायन्सले विकेटकीपर ब्याटर दिलिप नाथलाई १० लाखमा खरिद गरेको छ। कर्णाली याक्सले पवन सर्राफलाई १५ लाखमा किनेको छ भने सुदूरपश्चिम रोयल्सले हेमन्त धामीलाई १० लाख र टेकबहादुर रावतलाई २ लाख रुपैयाँमा अनुबन्ध गरेको छ।
अक्सन अहिले पनि जारी छ र आठ फ्रेन्चाइज टोलीहरूले थप खेलाडी खरिद गर्न प्रतिस्पर्धा गरिरहेका छन्।
प्रकाशित मिति: २४ श्रावण २०८२, शनिबार












प्रतिक्रिया