काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले कृत्रिम बुद्धिमत्ता (एआई) को सही उपयोग गर्न सके नेपालसहित सम्पूर्ण विश्वका देशहरूले त्यसबाट अधिकतम लाभ लिन सक्ने बताएका छन्।
३१औं विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजाति आयोगले आयोजना गरेको गोष्ठी उद्घाटन गर्दै मन्त्री गुरुङले एआई अहिलेको विकास प्रक्रियाको अभिन्न अङ्ग बन्दै गएको बताए। उनका अनुसार कृषि, स्वास्थ्य, शिक्षा, सुशासन, पर्यटन, उद्योगदेखि विपत्ति व्यवस्थापनसम्मका क्षेत्रमा एआईको प्रयोग क्रमशः विस्तार भइरहेको छ।
उनले भने, “एआई हाम्रो लागि ठूलो अवसर हो। तर यसलाई सही ढङ्गले उपयोग गर्न नजान्दा चुनौतीहरू बढ्न सक्छन्। ती चुनौतीहरूलाई कसरी न्यून गर्न सकिन्छ भन्नेबारे विश्वभर छलफलहरू भइरहेका छन्।”
मन्त्री गुरुङका अनुसार एआईले धनी वा गरिब सबै राष्ट्रलाई समान रूपमा अवसर दिने क्षमता राख्छ र नेपालले पनि यसको अधिकतम उपयोग गर्ने तयारीमा रहनु आवश्यक छ।
प्रकाशित मिति: २४ श्रावण २०८२, शनिबार












प्रतिक्रिया