काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको खेलाडी लिलामी (अक्सन) मा चितवन राइनोजले पहिलो चरणमा आक्रामक भूमिका खेलेको छ।

अक्सनको पहिलो चरणमा चितवनले देव खनाल र अर्जुन साउदलाई १५/१५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ भने कर्णाली याक्सले पवन सर्राफलाई पनि १५ लाखमा खरिद गरेको छ।

advertisement

पहिलो चरणसम्म चितवनले दुई खेलाडीमा ३० लाख खर्च गरिसकेको छ। विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सले पनि दुई-दुई खेलाडी खरिद गरेका छन् भने लुम्बिनी लायन्स, काठमाडौं गुर्खाज, जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सले एक-एक खेलाडीमा बोली लगाएका छन्।

प्रकाशित मिति: २४ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com