काठमाडौं। लबाट विभिन्न देशमा चोरी तस्करी गरेर विदेशमा बेचिएका १९८ मूर्ति स्वदेश फिर्ता भएका छन् । नेपालबाट कुल ४०९ मूर्ति हराएको उजुरी परे पनि १९८ मूर्ति मात्रै फिर्ता भएका हुन् ।

पुरातत्व विभागका शाखा अधिकृत सरिता सुवेदीले विसं. २०४२ देखि गत २०८१ सालसम्म नौ देशबाट १९८ मूर्ति मात्रै फिर्ता गर्न सफल भएको जानकारी दिइन् । फिर्ता भएका प्रायः मूर्ति ऐतिहासिक र प्राचीन खालका एक सय वर्षभन्दा पुराना सम्पदा भएको उनको भनाइ छ । “हामीलाई प्रमाणसहित हराएका मूर्तिको उजुरी ४०९ वटा प्राप्त भएका छन् । यो विभागलाई जानकारी गराएको मात्रै तथ्याङ्क हो,” उनले भनिन्, “जिल्ला प्रहरी कार्यालयमा मूर्ति हराएको उजुरी, कतै उजुरी नगरेर बसेकाको सङ्ख्या पनि धेरै हुन सक्छ । मूर्ति हराएको यकिन तथ्याङ्क ल्याउन सकिएको छैन ।” नेपालबाट राजनीतिक अस्थिरताका बेलामा थुप्रै मूर्ति विदेश लगेर बेचिएको हुन सक्ने आशङ्का गरिएको छ ।

advertisement

उनले भनिन् “नेपालबाट पञ्चायतकाल र त्योभन्दा पहिले धेरै मूर्ति नेपालका तस्करले विदेशी पर्यटकमार्फत बेचबिखन गरे कि भन्ने छ । नेपाली बन्द समाज जब खुला हुँदै गयो, सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालको विकास हुन थालेपछि बेचिएका मूर्ति फिर्ता हुन थालेका हुन्,” । नेपाली युरोप, अमेरिकालगायत विभिन्न देशमा अध्ययन, भ्रमण र कामको सिलसिलामा जान थालेपछि ती देशका सङ्ग्रहालयमा राखिएका मूर्ति अवलोकन गर्ने क्रममा पत्ता लाग्ने गरेको छ ।

प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com