काठमाडौं । भुटानको थिम्पुमा जारी एएफसी यू-२० महिला एसियन कप छनोटको आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपालले आज उत्तर कोरियासँग खेल्दैछ ।

खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा दिउँसो पौने २ बजे सुरु हुनेछ । उत्तर कोरिया यू-२० विश्वकप तथा एसियन कप दुवै जितिसकेको टोली हो । नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो भने दोस्रो खेलमा साउदी अरेबियालाई १-० गोलअन्तरले हराएको थियो ।

advertisement

उत्तर कोरियाले साउदी अरेबियालाई १५-० तथा भुटानलाई १०-० को फराकिलो अन्तरले हराएको छ ।

नेपालले पछिल्लोपटक सन् २००४ मा यही उमेर समूह त्यसबेला यू-१९ भनिएकोमा उत्तर कोरियासँग एसियन कपमै खेलेको थियो । जहाँ नेपाल १९-० गोलअन्तरले पराजित भएको थियो ।

प्रतियोगिताको हरेक समूहबाट समूहविजेता एसियन कपमा छनोट हुनेछन् भने ३ उत्कृष्ट उपविजेता पनि छनोट हुने प्रावधान छ ।

नेपालले एसियन कपमा छनोट हुन उत्तर कोरियालाई हराउनै पर्नेछ ।

 

प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com