रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी रूपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवारी चाहने नौ जनासँग सामूहिक छलफल गर्ने तयारी गरेको छ।

कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम अग्रवाल र मधुप्रसाद अर्यालले रास्वपामा औपचारिक रूपमा आवेदन दिएका छन्।

advertisement

सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजनमा आइतबार दिउँसो १ बजेबाट अपराह्न ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय, च:मतिमा छलफल कार्यक्रम हुने जनाइएको छ। उक्त छलफलमा कोषाध्यक्ष लिमा अधिकारी र लुम्बिनी प्रदेश सभापति देवराज पाठकले अवलोकन गर्नेछन्।

रूपन्देही–३ मा २०७९ मंसिरमा सम्पन्न आम निर्वाचनमा राप्रपाका दीपक बोहरा विजयी भएका थिए। उनको निधनपछि रिक्त रहेको यस क्षेत्रका लागि अब उपनिर्वाचन हुँदैछ।

प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com