काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९९ हजार २०० रुपैयाँ कायम भएको हो । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९९ हजार ४०० रुपैयाँ कायम भएको थियो ।
यसैबिच आइतबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँ वृद्धि भएको छ । शुक्रबार तोलामा २ हजार ३२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा २ हजार ३३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार













प्रतिक्रिया