काठमाडौं ।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले निजी विद्यालयहरूलाई गैरनाफामूलक बनाउने शिक्षा विधेयकका प्रावधानहरू फिर्ता लिन माग गर्दै, श्रावण २९ देखि आन्दोलन गर्ने चेतावनी दिएको छ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्याब्सनले विधेयकबाट ‘गैरनाफामूलक’ शब्द हटाउनुपर्ने र ‘पूर्ण छात्रवृत्ति’ शब्दको सट्टा हालको अभ्यासअनुसार जम्मा विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति दिने व्यवस्था कायम राख्नुपर्ने बताएका छन्। उनीहरूले छात्रवृत्तिमा भर्ना शुल्क, वार्षिक शुल्क र मासिक पढाइ शुल्क कायम रहनुपर्ने जोड दिएका छन्।

advertisement

प्याब्सन केन्द्रीय कार्यसमितिका महासचिव आरबी कटुवालले भने, “यदि श्रावण २८ भित्र हाम्रा माग सम्बोधन गरिएन भने श्रावण २९ देखि आन्दोलनमा उत्रनेछौं।”

प्याब्सनले विधेयकका प्रावधानले निजी लगानीमा सञ्चालित विद्यालयहरूलाई कम्पनी कानुन विपरित गैरनाफामूलक बनाउँदै लैजान खोजेको र यसले लगानीकर्तालाई हतोत्साहीत पार्ने बताएको छ। उनीहरूको अनुसार, राज्यले गर्ने दायित्व निजी क्षेत्रलाई सार्न खोज्नु अव्यवहारिक र शिक्षा क्षेत्रमा लगानीमैत्री वातावरण विरुद्धको प्रयास हो।

प्याब्सनले निजी विद्यालयलाई राष्ट्रियकरण गर्ने वा सबै विद्यार्थीलाई भौचर दिएर विद्यालय छनोट गर्ने अवसर दिनुपर्ने विकल्प नरहेको पनि बताएका छन्।

प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com