काठमाडौं । भारतको उत्तराखण्डमा दुई फरक स्थानमा आएको बाढीमा परी बेपत्ता भएका १३ नेपालीमध्ये एक जनाको शव फेला परेको छ । नयाँ दिल्लीस्थित नेपाली दूतावासले शवको सनाखत गर्ने कार्य भइरहेको जानकारी दिएको छ ।

साउन २० गते उत्तराखण्डको धराली क्षेत्रमा आएको ‘क्लाउड ब्रस्ट’ का कारण बाढीले ठूलो क्षति पुर्‍याएको थियो । धराली बाढीमा परेका १३ नेपालीमध्ये अझै आठ जना बेपत्ता रहेका छन् भने बाँकी जीवनरक्षक उद्धार गरिएका छन् ।

advertisement

त्यसैगरी, पौरी गढवाल जिल्लाको बगुडा क्षेत्रमा साउन २१ गते आएको बाढीमा परी पाँच नेपाली बेपत्ता भएका थिए । बगुडा बाढीका घटनामा पाँच जना घाइते भएका थिए । घाइतेमध्ये तीन जनाले उपचारपछि घर फर्किसकेका छन् भने दुईजनाको अहिले पनि उपचार जारी रहेको नेपाली दूतावासले जनाएको छ ।

प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com