मोरङ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित राजवंशीलाई मातृशोक परेको छ।

जिल्ला क्रिकेट संघ मोरङका अध्यक्ष मोहम्मद साद बाबु कुरैसीका अनुसार विराटनगर–१४ जतुवास्थित आफ्नै घरमा ललितकी आमा शुभकुमारी राजवंशीको निधन भएको छ।

advertisement

६० वर्षीया शुभकुमारी राजवंशी लामो समयदेखि दम र फोक्सोको समस्याबाट पीडित थिइन्। उपचारका कारण पनि उनी सक्रिय रुपमा दैनिकीमा रहेका छिन् भनी छिमेकी राजकुमार विश्वासले जानकारी दिए।

विश्वासका अनुसार मृतकको अन्त्येष्टि विधिपूर्वक उनको घरबाट करिब १५ मिनेटको दुरीमा रहेको सिंघिया खोलामा गरिनेछ। यो कार्यका लागि ललित राजवंशी पनि घरमा फर्किसकेका छन्।

विश्वासले भने, “शनिबार राति घरमा खाना खाएर औषधि लिएर सुत्नुभएको थियो। तर आइतबार बिहान छोरी सुमनले उठाउन जाँदा मात्र उनको मृत्यु थाहा भयो। त्यसपछि परिवारका सदस्यलाई खबर गरियो।”

परिवारमा शुभकुमारीका ६३ वर्षीय श्रीमान् जयनारायण राजवंशी, जेठो छोरा युगलकिशोर राजवंशी, माइलो छोरा रामकिशोर राजवंशी र छोरी सुमन राजवंशी रहेका छन्।

 

प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com