काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा साउन २७ गते ‘दि फ्युचर लिडर्स समिट’ आयोजना गर्ने भएको छ।

सांसद डा. तोसिमा कार्कीको नेतृत्वमा रहेको पार्टीको युवा तथा खेलकुद विभागले आइतबार केन्द्रीय कार्यालय वनस्थलीमा पत्रकार सम्मेलन गर्दै ललितपुरमा हुने कार्यक्रममा सातै प्रदेशका युवाको सहभागिता रहने जानकारी दिएको हो।

advertisement

कार्यक्रममा युवाको सीप विकास, डिजिटल साक्षरता, मानसिक स्वास्थ्यलगायत विषयमा जनचेतना बढाइने र युवालाई राजनीतिमा सक्रिय बनाउन प्रेरित गरिने कार्कीले बताइन्।

 

प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com