काठमाडौं । आगामी अन्तिम साउने सोमबारलाई लक्षित गर्दै काठमाडौं प्रहरीले पशुपति क्षेत्रमा विशेष अपरेशन सञ्चालन गरी ४० भन्दा बढी शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदिप चन्दका अनुसार आइतबार साँझ साढे ५ बजेसम्म ४२ जनालाई पक्राउ गरिसकिएको छ, र यो संख्या अझ बढ्न सक्ने छ।

advertisement

‘दर्शनार्थीको भीडमा पाकेटमारी वा आपराधिक गतिविधि हुनसक्ने आशंकामा ती व्यक्तिहरूलाई नियन्त्रणमा लिएका हौं,’ एसपी चन्दले बताए।

प्रहरीका अनुसार साउने सोमबारमा पशुपति क्षेत्रमा ठूलो भीड लाग्ने भएकाले विगतमा यस्ता समयमा पाकेटमारीका घटना दोहोरिने गरेका छन्। भीड व्यवस्थापन र अपराध नियन्त्रणका लागि प्रहरीले थप निगरानी बढाएको छ।

प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com