तस्बिर : क्यान

काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सीको मुख्य प्रायोजक सेयर ब्रोकर कम्पनी नासा सेक्युरिटिज बन्ने भएको छ।

advertisement

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) र नासा सेक्युरिटिजबीच वार्षिक २ करोड ३६ लाख रुपैयाँका दरले तीन वर्षका लागि प्रायोजन सम्झौता भएको हो। जर्सी प्रायोजनको टेन्डरमा न्यूनतम मूल्य २ करोड रुपैयाँ तोकिएकोमा नासाले प्रतिस्पर्धा जितेको क्यानले जनाएको छ।

टी–२० विश्वकप छनोटको तयारीका क्रममा अस्ट्रेलिया प्रस्थान अघि जर्सी प्रायोजन सार्वजनिक गरिएको हो। नेपालले अस्ट्रेलियाको डार्विनमा अगस्ट १४ देखि २४ सम्म टप एन्ड टी–२० सिरिज खेल्नेछ।

यस सिरिजमा ललित राजवंशीको स्थानमा साहब आलमले खेल्नेछन्। टोलीमा कप्तान रोहित पौडेलसहित १६ सदस्यीय पुरानै अनुहारको बाहुल्यता छ। अस्ट्रेलिया भ्रमणपछि नेपालले सेप्टेम्बरमा युएईमा वेस्ट इन्डिजसँग टी–२० सिरिज खेल्ने र अक्टोबरमा ओमानमा हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com