काठमाडाैं । पूर्व–पश्चिम महेन्द्र राजमार्गको गैँडाकोट–१० पितौंजीस्थित सिस्ने खोलामा आइतबार दिउँसो एक ट्रक पल्टिँदा स्कुटर च्यापिएको छ।
गैँडाकोटबाट कावासोतीतर्फ गइरहेको ना ५ ख ८४१७ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको लु ५५ प ३१३४ नम्बरको स्कुटरलाई ठक्कर दिएपछि ट्रक अनियन्त्रित भई पल्टिएको हो। दुर्घटनामा स्कुटरमा सवार दुई जना र ट्रक चालक च्यापिएका छन्।
इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार घटनापछि ट्रक हटाउन क्रेन पठाइएको छ। ट्रक उठाइसकेपछि घाइते र क्षतिको यथार्थ विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार












प्रतिक्रिया