काठमाडौं । विश्वका सातै महादेशका अग्ला हिमाल आरोहण गर्ने अभियानमा रहेका नेपाली पर्वतारोही प्रकाशराज पाण्डे ओसिनिया क्षेत्रको सबैभन्दा अग्लो हिमाल ‘कास्ट्रेन्स्ज पिरामिड’ आरोहण गर्न इण्डोनेसिया जाँदैछन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा पाण्डेलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै सफलताको शुभकामना सहित बिदाइ गरे। पाण्डे आगामी अगस्ट ११ मा प्रस्थान गर्नेछन्।
पाण्डेले यसअघि सगरमाथा, मनास्लु, आमादब्लमसहित नेपालका दर्जनौं हिमाल सफलतापूर्वक आरोहण गरिसकेका छन्। उनले २०२४ को जुनमा युरोपको उच्च हिमशिखर माउण्ट एलब्रेस, नोभेम्बरमा अफ्रिकाको किलिमन्जारो र फेब्रुअरीमा दक्षिण अमेरिकाको अकोन्कागुआ आरोहण गरिसकेका छन्।
सन् २०१६ बाट पर्वतारोहण सुरु गरेका पाण्डेले २०१८ मा सगरमाथा चढेका थिए। ‘सेभेन समिट’ अभियानअन्तर्गत महादेशीय उच्च हिमाल चढिरहेका उनले यो यात्रामा जलवायु परिवर्तनको मुद्दा उठाउने बताएका छन्।
प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार












प्रतिक्रिया