काठमाडौं ।  विश्वका सातै महादेशका अग्ला हिमाल आरोहण गर्ने अभियानमा रहेका नेपाली पर्वतारोही प्रकाशराज पाण्डे ओसिनिया क्षेत्रको सबैभन्दा अग्लो हिमाल ‘कास्ट्रेन्स्ज पिरामिड’ आरोहण गर्न इण्डोनेसिया जाँदैछन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा पाण्डेलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै सफलताको शुभकामना सहित बिदाइ गरे। पाण्डे आगामी अगस्ट ११ मा प्रस्थान गर्नेछन्।

advertisement

पाण्डेले यसअघि सगरमाथा, मनास्लु, आमादब्लमसहित नेपालका दर्जनौं हिमाल सफलतापूर्वक आरोहण गरिसकेका छन्। उनले २०२४ को जुनमा युरोपको उच्च हिमशिखर माउण्ट एलब्रेस, नोभेम्बरमा अफ्रिकाको किलिमन्जारो र फेब्रुअरीमा दक्षिण अमेरिकाको अकोन्कागुआ आरोहण गरिसकेका छन्।

सन् २०१६ बाट पर्वतारोहण सुरु गरेका पाण्डेले २०१८ मा सगरमाथा चढेका थिए। ‘सेभेन समिट’ अभियानअन्तर्गत महादेशीय उच्च हिमाल चढिरहेका उनले यो यात्रामा जलवायु परिवर्तनको मुद्दा उठाउने बताएका छन्।

 

प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com