काठमाडौं । युद्धग्रस्त गाजा क्षेत्रलाई कब्जामा लिने इजरायलको घोषणाको विरुद्धमा सडक आन्दोलन चर्किदै गएको छ ।

इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले गाजा पट्टीमा आफ्ने सकियता बढाउने घोषणा गरेको विरुद्धमा देशभित्रै बाट विरोध सुरु भएको हो । झण्डै दुई वर्ष यताबाट जारी युद्ध अन्त्यका लागि विभिन्न पहलहरु भइरहेको सन्र्दभमा राजधानी तेल अभिवमा पछिल्लो पटक सबैभन्दा ठूलो सरकार विरोधी प्रदर्शन भएको स्थानीय सञ्चार माध्यमलाई उल्लेख गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

advertisement

विद्रोही समूह हमासले गाजामा बन्धक बनाएकाहरुको रिहा गराउने उदेश्यले शहर कब्जा गर्ने जनाएको थियो । तर सरकारले गरेको सो निर्णयले बन्धकहरु थप जोखिममा पर्न सक्ने देखिएको भन्दै सरकार विरोधी प्रदर्शन भएको हो । यद्यपि इजरायली नेताहरुले भने सरकारी कदमको बचाउ गर्दै आएका छन् ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले समेत पछिल्लो पटक भएको निर्णयले बन्धक बनाइएका हरुको मुक्तीका लागि सहयोग गर्ने दाबी जनाएका छन् । गाजा क्षेत्रमा जारी युद्धका कारण भोकमरी र कुपोषणको समेत समस्या बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

 

प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com