काठमाडौं । क्रिस्टल प्यालेसले कम्युनिटी शिल्डको उपाधि जितेको छ।
गएराति सम्पन्न फाइनलमा लिभरपुललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रिस्टल प्यालेसले उपाधि जितेको हो।
निर्धारित समयमा २–२ गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टी सुट आउटमा क्रिस्टल प्यालेसले ३–२ ले विजयी भयो।
कम्युनिटी शिल्ड अघिल्लो सिजनमा प्रिमियर लिग विजेता र एफए कप विजेताबीच हरेक वर्ष प्रिमियर लिग शुरु हुनु अघि खेल्ने गरिन्छ। क्रिस्टल प्यालेसले आफ्नो क्लबको इतिहासमा पहिलो पटक कम्युनिटी शिल्ड जितेको हो।
अहिलेसम्म कम्युनिटी शिल्ड सबैभन्दा बढी जित्ने क्लब म्यानचेस्टर युनाइटेड हो। उसले २१ पटक जितेको छ भने आर्सनलले १७ र लिभरपुलले १६ पटक जितेको छ।
प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार













प्रतिक्रिया