काठमाडौं । पूर्वपश्चिम राजमार्ग स्थित सुनसरीको भोक्राहनरसिंह गाउँपालिकाको फुल चौकमा भएको सवारी दुर्घटनामा १३ जना यात्रु घाइते भएका छन् ।

आज बिहान ८ बजे भएको दुर्घटनामा घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

advertisement

बस र माइक्रो एक आपसमा ठक्कर खाँदा माइक्रोमा सवार अधिकांश यात्रु घाइते भएका छन् । प्रदेश २–०१–००१ ज ००४७ नम्बरको विराटनगर– राजविराज रुटको माइक्रो बस र मे १ ख १७९९ नम्बरको काँकडभिट्टा दिक्तेल चल्ने बस ठोक्किँदा माइक्रोमा अधिकांश यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते यात्रुको उद्धार गरी जिल्ला अस्पताल इनरुवा सप्तकोसी न्युरो अस्पताल पठाइएको छ ।

प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com