काठमाडाैं । कर्णाली प्रदेशकाे जाजरकोट जिल्लाकाे भेरी नगरपालिका–१ कोलचौर नजिकै आज बिहान एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
भे १ च २२४७ नम्बरको एम्बुलेन्स उकालो चढ्ने क्रममा भित्तामा ठोक्किएर करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा भेरी नगरपालिका–१ डौंरीकाँडाका २७ वर्षीय चालक सुनिल चनाराको घटनास्थलमै मृत्यु भएको हो।
अस्थायी प्रहरी पोस्ट होलुखोलाका प्रहरी नायब निरीक्षक वीरबहादुर थापाका अनुसार एम्बुलेन्स बिरामी लिन जाँदै गर्दा दुर्घटना भएको हो ।
प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार












प्रतिक्रिया