काठमाडौं । “श्रम तथा उत्पादनमा वाइसियल” अभियानअन्तर्गत युवा संगठन नेपाल (वाइसियल) सिन्धुपाल्चोक जिल्लाको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल पाचपोखरीमा स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमअन्तर्गत तीर्थयात्री तथा स्थानीय बासिन्दालाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श र आवश्यक उपचार सेवा प्रदान गरिएको थियो। शिविरमा रक्तचाप, मधुमेह, सामान्य रोग परीक्षणदेखि दन्त उपचारसमेत गरिएको आयोजकले जनाएको छ।

साथै, पाचपोखरीको वातावरणीय सौन्दर्य जोगाउन वाइसियल सदस्य र स्वयंसेवकहरूले पोखरी परिसर र पदयात्रा मार्गमा व्यापक सरसफाइ अभियान चलाएका थिए।
वाइसियल सिन्धुपाल्चोकले कार्यक्रममा सक्रिय सहभागिता जनाउने सबै सदस्य, सहयोगी र स्वयंसेवकलाई धन्यवाद दिँदै यस अभियानले धार्मिक स्थल संरक्षण, स्वास्थ्य सचेतना अभिवृद्धि र सामुदायिक एकता सुदृढ गर्न योगदान पुर्याएको जनाएको छ।

आयोजक समितिका अनुसार यस्ता स्वास्थ्य तथा सरसफाइ कार्यक्रमले धार्मिक स्थलको संरक्षणसँगै स्थानीय बासिन्दाको स्वास्थ्य सचेतना अभिवृद्धि गर्न मद्दत गर्ने विश्वास लिइएको छ।

प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार












प्रतिक्रिया