काठमाडौं । टर्कीको उत्तरपश्चिमी प्रान्त बाल्केसिरमा आइतबार साँझ ६.१ म्याग्निच्युडको भूकम्प जाँदा एक महिलाको मृत्यु भएको छ।
गृहमन्त्री अली येर्लिकायाका अनुसार भूकम्पको केन्द्रबिन्दु सिन्दिरगी सहर हो। भग्नावशेषबाट उद्धार गरिएकी ८१ वर्षीया महिलाको केही समयपछि मृत्यु भएको बताइएको छ।
भूकम्पका कारण १६ भवन भत्किएका र २९ जना घाइते भएको मन्त्रालयले जनाएको छ। राहत तथा उद्धार कार्य सम्पन्न भइसकेको र गम्भीर क्षति वा थप हताहतको कुनै संकेत नभएको गृहमन्त्री येर्लिकायाले बताएका छन्।
प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार













प्रतिक्रिया