बुटवल । रुपन्देही जिल्ला कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको कारागार बसाइको अवस्था बुझ्न राष्ट्रिय मानवअधिकार आयोगको टोली भैरहवा पुगेको छ।
कारागारको ब्लक नम्बर ४ मा रहेका लामिछानेको सुविधासम्बन्धी विभिन्न समाचार सार्वजनिक भएपछि आयोगले अनुगमनका लागि टोली पठाएको हो।
मानवअधिकार आयोगकी सदस्य लिली थापा, लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवाली, इन्सेक प्रतिनिधि रीमा बीसीसहितको टोली कारागारमा पुगेको छ।
केही दिनअघि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लामिछानेलाई कारागारभित्र पत्रपत्रिका पढ्न नदिइएको, सूचनाको अधिकारबाट वञ्चित गरिएको र बस्ने कोठा असुविधाजनक रहेको बताएका थिए। त्यसपछि सञ्चार माध्यममा यस विषयमा विविध समाचारहरू आएका थिए।
यसअघि कारागार प्रशासनले प्रेस विज्ञप्ति जारी गर्दै रवि लामिछानेलाई कारागारभित्र कुनै विभेद नगरेको स्पष्ट पारेको थियो।
प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार












प्रतिक्रिया