काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्तीस्थित एक ग्रिल कारखानामा काम गर्ने २८ वर्षीय युवक इन्टियाज हवारी करेन्ट लागेर मृत्यु भएका छन्। पर्सा घर भएका हवारीलाई आइतबार राति करेन्ट लागेर गम्भीर घाइते भएपछि नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।
त्यसैगरी, बर्दियाको मधुवन नगरपालिका-७ भाटखोले टोलमा बस्ने ७० वर्षीय ललित बहादुर विक आफ्नै घर नजिकै मृत अवस्थामा फेला परेका छन्।
उस्तै दाङको बंगलाचुली गाउँपालिका-७ जागुनेका ७३ वर्षीय भक्तबिर बाठा मगर पनि आइतबार सोही स्थानको सात तले सामुदायिक वनमा मृत अवस्थामा भेटिएका छन्।
यी घटनाहरूका विषयमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।
प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार













प्रतिक्रिया