काठमाडौं ।  उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोत अभावका कारण सरकारले पूर्वाधार परियोजनामा लगानी गर्न सकिरहेको छैन भनी स्पष्ट पारेका छन्। सोमबार अर्थ समितिमा वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयकमाथि भएको छलफलमा उनले यसअघिका चुनौतीलाई औंल्याउँदै वैकल्पिक वित्तको कानुन ल्याउन आवश्यक भएको बताउनुभयो।

उनले भने, “अहिले सरकारसँग पूर्वाधारमा लगानी गर्ने पर्याप्त स्रोत छैन। त्यसैले ट्रेजरीबाहिरबाट वैकल्पिक स्रोत जुटाएर ठूला आयोजना अघि बढाउन यो विधेयक तयार पारिएको हो।”

advertisement

पौडेलका अनुसार नयाँ विधेयकले पूर्वाधार छनोट र कार्यान्वयनका लागि बाह्य स्रोत जुटाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ। यसले खानी अध्ययन, मल कारखाना, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानी गर्न सहज बनाउने विश्वास व्यक्त गरिएको छ।

वैकल्पिक वित्त व्यवस्थापनका कारण पूर्वाधार विकासमा देखिएको स्रोत अभावको समस्या समाधान हुने र देशका महत्वपूर्ण विकास आयोजना अगाडि बढ्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com