काठमाडाैं । राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिहरूले रुपन्देही कारागारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राखिएको कोठामा वातानुकूलित एसी नहुँदा र झ्याल प्लाइउडले बन्द गरिएको तथ्य पुष्टि गरेका छन्।

कारागारको अनुगमनमा आयोगका प्रतिनिधिहरूले त्यहाँका आधारभूत सुविधा अत्यन्त सीमित रहेको टिप्पणी गरेका छन्।

advertisement

मानवअधिकार आयोगकी प्रवक्ता लिली थापाका अनुसार, कारागारमा क्षमताभन्दा बढी कैदी राखिएको छ भने शौचालयको संख्या र अवस्था दुवै असन्तोषजनक रहेको छ।

थापाले बताइन् कि रवि लामिछानेलाई राखिएको ब्लकमा झ्यालहरू प्लाइउडले बन्द गरिएको कारण भित्री हावा पास हुन समस्या भएको छ। कोठामा दुई वटा पंखा रहेका छन्—एक चाइनिज र अर्को पार्टी प्यालेसमा प्रयोग हुने ठूलो पंखा।

जेल प्रशासनले सुरक्षाका दृष्टिले झ्याल बन्द गरिएको जवाफ दिएको छ भने आयोगको आग्रहमा झ्याल खोल्न तयार रहेको जनाइएको छ।

प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com